अध्यक्षको भनाइ
प्रिय उपभोक्ताज्यूहरू तथा सम्पूर्ण शुभेच्छुक महानुभावहरू,
"दिगो विकासका लागि वन व्यवस्थापन", "हरियो वन नेपालको धन", "संरक्षण गरौं वन, पाखा र पानीका मुहान", "रुख रोपौं, वन जोगाऔं" तथा "वनलाई आगलागीबाट बचाई जैविक विविधताको संरक्षण गरौं" भन्ने मूल नारालाई आत्मसात गर्दै मौलाकाली सामुदायिक वनले स्थापना कालदेखि नै वन संरक्षण, व्यवस्थापन र समुदायको समृद्धिका लागि निरन्तर कार्य गर्दै आएको छ।