आ.व. ०८१/०८२ को कार्य प्रगति विवरण

(१) वन संरक्षण, सम्बर्धन तथा विकास कार्यक्रमः–

(क) वन संरक्षणः–

१) वनसंरक्षणका लागि वनहेरालुबाट हुने नियमित गस्ती बाहेक कार्यसमिति, उपसमितिबाट दैनिक वनगस्ती तालिका अनुसार वनगस्ती कार्य गरिएको छ । २) गर्मीयामको शुरुवातसगै वनक्षेत्रमा लाग्ने सक्ने डढेलो नियन्त्रण रोकथामका लागि यस समुहका कार्यसमिति, लेख तथा सुपरिवेक्षण समिति, अनुगमन तथा मुल्याङ्न समिति, विभिन्न उपसमिति, टोलि संयोजकहरुको उपस्थितीमा मिति २०८१ चैत्र १४ गतेका दिन सब डिभिजन वन कार्यालयको सहकार्यमा वन डढेलो नियन्त्रण सम्बन्धि अन्तक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो । ३) वनक्षेत्रलाई वन डढेलोबाट संरक्षण गर्नका लागि मिति २०८१/१२/१५ गतेबाट मिति २०८२/०२/१५ सम्म ३ जना म्यादी वनहेरालु नियुक्ति गरी डढेलो नियन्त्रण उपसमितिको नेतृत्वमा डिभिजन वन कार्यालय, नवलपुर, सब डिभिजन वन कार्यालय, गैडाकोट, ईलाका प्रहरी कार्यालय, गैडाकोटको सल्लाह सुझावका साथै कार्यसमित, वन डढेलो नियन्त्रण उपसमिति सदस्य, समुहका वनहेरालुका साथै उपभोक्ता सदस्यज्यूहरु स्वतस्फुर्त सहभागितामा वनक्षेभित्र रहेका अग्निरेखा सरसफाई कार्य गरी डढेलो नियन्त्रण, पर्यावरण, वन्यजन्तु, बहुमुल्य जडिबुटि, वनपैदारवर संरक्षण कार्य सम्पन्न गरिएको छ । ४) वनक्षेत्रभित्र रहेका वन्यजन्तु आवादी क्षेत्रमा प्रवेश गरी वेवारिसे अवस्थामा फेला गर्ने गरेको हुँदा उक्त वन्यजन्तुहरुको सब डिभिजन वन कार्यालयको सहकार्यमा संरक्षण तथा उचित व्यवस्थापन गरिएको छ । ५) चोरी तस्करी तथा शिकारी न्यूनिकरणका लागि सम्बन्धित निकायसग समन्वय गरी रात्री तथा दिवा अनुगमन तथा गस्ती कार्यक्रम सञ्चालन गरिएको छ ।

(ख) वन विकास कार्यः–

१) मिति २०८२/०३/२१ मा डिभिजन वन कार्यालय, नवलपुरका डिभिजनल वन अधिकृतश्री बसन्तकेशव अधिकारीज्यूको प्रमुख आतिथ्यतामा सब डिभिजन वन कार्यालय, कार्यसमिति, विभिन्न उपसमिति, टोलि संयोजक, गैडाकोट नगरपालिका वडा नंं. १ र २ का वडा अध्यक्षज्यू, सञ्चार माध्यम, बृक्षारोपण तथा जडिबुटि संरक्षण उपसमितिको पहलमा कार्यसमिति, विभिन्न उपसमिति, उपभोक्ता सदस्य, टोलीप्रमुखको सक्रिय सहभागितामा समुहको वनक्षेत्रमा तथा ग्रीन पार्क क्षेत्रमा रक्तचन्दन, फुलजन्य विरुवा, बास लगायतका विरुवा बृक्षारोपण गरिएको छ । २) समुहको साविक वनक्षेत्रको खण्ड नंं. २ स्थित निर्माणाधिन तालका लागि ताल संरक्षण तथा विकास प्राधिकरण, पोखरा, स्विकृत वन व्यवस्थापन कार्ययोजनाको वजेटबाट तालमा पानी संकलनका लागि टेवा पर्खाल निर्माण, वन्यजन्तु मैत्री गोरेटो तथा सौन्दरीकरण लगायत पोखरीको माटो व्यवस्थापन कार्य गरिएको छ । ३) यस समुहको साविक वनक्षेत्रको खण्ड नं. ४ ओख्ले स्थित वनदेविको मन्दिरमा समुहका कार्यसमिति, लेखा तथा सुपरिवेक्षण समिति, अनुगमन तथा मुल्याङ्कन समिति, वडा नं. १ र २ का जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, पुर्व अध्यक्षहरुको उपस्थितीमा मिति २०८१ कार्तिक १३ गतेका दिन वनक्षेत्रमा वनपैदावर संकलन गर्नुभन्दा पहिला विधिवत वनदेविको पुजाआजा गर्ने परम्परा अनुसार वनदेवि पुजा कार्यक्रम सञ्चालन गरिएको छ ।

(ग) वन सम्बर्धन कार्यः–

१) समुहको वनक्षेत्रको खण्ड नंं. २ को मौलाकाली चुवारखोला ताल क्षेत्र आसपासमा डिभिजन वन कार्यालय, सबडिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा मिति २०८१/१०/१४ मा थिनिङ्ग योजना स्विकृत गरीछपान गरिएका ५०१० ओटा रुख र पोल मध्ये ११०८ ओटा अनावश्यक पोल कटान गरी थिनिङ्ग कार्य सम्पन्न गरिएको छ । २) समुहको वनक्षेत्रको खण्ड नं. २ मा अवस्थित कागती, कार्यालय परिसर, ग्रीन पार्किङ क्षेत्र, जडिबुटि तथा अम्रिसो खेतीमा आवश्यकता हेरी वन व्यवस्थापन उपसमिति र बृक्षारोपण तथा जडिबुटि संरक्षणको निगारानीमा दैनिक घण्टे ज्यालादारी कामदार परिचालन गरी गोडमेल, मलजल कार्य सम्पन्न गरिएको छ । ३) यस समुहको कार्यसमिति, विभिन्न उपसमिति, टोलि संयोजकको सहभागितामा वन डढेलो सप्लाह, लैगिक हिंसा विरुद्ध अभियान, वनदिवश कार्यक्रममा सहभागिता जनाईएको थियो । ४) यस समुहमा हुने गरेका विभिन्न गतिविधीहरुको सामुदायिक रेडियो विजय एफ.एम. को सहकार्यमा हाम्रो वन कार्यक्रम, पत्रपत्रिका, कार्यालयको फेसबुक पेज मार्फत जनचेतना अभिबृद्धि गराई कार्यक्रम सम्पन्न गरिएको छ ।

वनपैदावर सदुपयोगः–

१) यस समुहको स्विकृत वन व्यवस्थापन कार्ययोजना बमोजिम आ.व. ०८१/०८२ मा डिभिजन वन कार्यालय नवलपुरको स्विकृतिमा वन पैदावर अनुगमन समितिको स्थलगत निरिक्षण प्रतिवेदनका आधारमा साल गोलिया ग्रेड ए, बि, सि गरी जम्मा २४०७.३० क्यू.फि., साल चिरान १३३६.६१ क्यू.फि. र अन्य गोलिया तथा चिरान ३१०.९३ क्यू.फि. गरी जम्मा ४०५४.८४ क्यू.फि. काठ वनपैदावर माग गर्नुहुने ३९० जना उपभोक्ताहरु मध्ये २८५ जना उपभोक्ताहरुलाई नया घर निर्माण, तला थप, जालीपल्ला तथा मर्मत शिर्षकमा ग्रेड अनुसार गोला बनाई काठ वितरण कार्य सम्पन्न गरिएको छ ।

(२) संस्थागत तथा सामुदायिक विकास कार्यक्रमः–

(क) संस्थागत विकास कार्यः–

१) समुहको विभिन्न तालिम गोष्ठि सञ्चालन तथा अन्य संघसंस्थाहरुसँग सभाहल भाडा शुल्क लिई कार्यक्रम सञ्चालन गर्न सभाहल निर्माण कार्य अन्तर्गत झ्याल, जिप्सन लगाउने कार्य सम्पन्न गरिएको छ । २) यस समुहको स्थापनाकालदेखि वन संरक्षण, सम्बर्धन तथा विकास कार्यमा विशिष्ट योगदान गर्नुहुने संस्थापक सदस्य श्री रबिलाल सापकोटा, बिष्णुहरि रेग्मीज्यूलाई अभिनन्दित तथा आ.व. ०८०/०८१ र ०८१/०८२ मा उत्कृष्ट कार्य गर्नुहुने उपभोक्ता सदस्यज्यूहरु, टोलि संयोजकज्यूहरु, विभिन्न उपसमितिका सदस्यज्यूहरु, कर्मचारीहरुसहित २२ औं साधारण सभाबाट सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । ३) सामुदायिक वनको संगठन सामुदायिक वन उपभोक्ता स्थानिय महासंघको कार्य सम्पादनमा सहयोगका लागि सामुदायिक महासंघ सञ्चालन खर्च उपलब्ध गराईएको छ । ४) समुहमा रहेको सवारी साधान टेक्टरलाई वन पैदावर संकलनमा ढुवानी, अग्निरेखा सरसफाइमा उपभोक्ता ढुवानीका साथै अन्य ढुवानी कार्यमा परिचालन गरिएको छ साथै उक्त कार्यवापत हुन सक्ने मर्मत सम्भार, ईन्धन, सवारी नविकरण लगाएतका कार्यहरु नियमानुसार गरिएको छ । ५) समुहबाट सञ्चालन भई रहेका ध्वजामाला पसलहरुसगको भाडा वक्यौता असुलउपरका लागि विभिन्न मितिमा पत्राचार तथा बैठकबाट २५ प्रतिशत छुट सुविधा प्रदान गरी असुल उपरमा सहजीकरण गर्ने कार्य गरिएको छ । ६) आ.व. ०८१/०८२ मा समुहमा रितपुर्वक नया सदस्यताका ला िनिवेदन पेश गर्नुहुने महानुभावक मध्ये १८ जनालाई नया सदस्यता सदस्यता प्रदान गरिएको छ भने अन्य १३ जना सदस्य नामसारी र १ जना एकाघर छुट्टभिन्नबाट सदस्यता प्रदान गरिएकोछ ।

(ख) सामुदायिक विकासः–

१) यस समुहमा रहेका उपभोक्ता तथा एकाघरका परिवारका ६१ जना उपभोक्ता सदस्यहरुलाई ३.५ चट्टा दाउरा दाहसंस्कारका लागि निशुल्क प्रदान गरिएको छ । समुहको अभिलेखमा दर्ता कायम भएका १० जना उपभोक्ता सदस्यहरुलाई राहत रकमका साथै समवेदना पत्र सहित भेटी प्रदान गरिएको छ साथै कार्यसमिति सदस्य परिवार र उपसमिति सदस्यका लागि समेत समवेदना तथा भेटि प्रदान गरिएको छ । २) यस समुहको कार्यक्षेत्र गैडाकोट नगरपालिका वडा नं. १ र २ जाडोको मौषममा चिसोबाट सुरक्षित रहनका लागि निशुल्क ढुवानी गरी दाउरा वितरण गरिएको छ । ३) यस समुहको कार्यक्षेत्रभित्र रहेका श्री नवदुर्गा आधारभुत विद्यालय गैडाकोट १ धारापानी, महेन्द्र स्मारक आधारभुत विद्यालय गैडाकोट २ र नेपाल राष्ट्रिय शमसेर आदर्श माध्यामिक विद्यालयलाई विद्यालय सञ्चालन वापत रकम उपलब्ध गराईएको छ । ४) यस समुहको कार्यक्षेत्रभित्र रहेका विभिन्न संघसंस्था, राजनैतिक दलहरुको विभिन्न कार्यक्रमहरुमा आवश्यक सहयोग उपलब्ध गराईएको साथै धार्मिक सेवा समिति मौलाकालिका मन्दिरको आयोजनामा गण्डकी परिक्रमा कार्यक्रममा यस समुहबाट परिक्रमा कार्यमा सहभागि हुने भक्तजनहरुलाई खाजापानीको व्यवस्था गरिएको थियो । ५) समुहको कार्यक्षेत्रभित्रका टोल विकास संस्थाको आयोजनामा समुहको पदाधिकारीहरुको उपस्थितीमा सञ्चालन भएको टोल सरसफाई कार्य गरी पर्यावरण संरक्षणका लागि २० ओटा टोल विकास संस्थालाई वातावरणीय सरसफाई कार्यक्रम अन्तर्गत कार्यक्रम खर्च रकम उपलब्ध गराईएको छ । ६) खेलकुद विकासका लागि गैडाकोट नगरपालिका वडा नं. १ र २ का खेलकुप्रमी उपभोक्ता सदस्य, संघसंस्था, क्लबहरुका लागि खेलकुदका विभिन्न कार्यक्रममा सहयोग उपलब्ध गराईएको छ ।

(३) प्रशासनिक तथा कार्यालय सञ्चालनः–

१) कार्यालय सञ्चालनका लागि आवश्यक कार्यालय सामान नियमावली बमोजिम खरिद तथा छपाई गरिएको छ । २) कार्यरत कर्मचारीहरुको मासिक तलब बैक मार्फत भुक्तानी गरिएको छ । ३) समुहमा कार्यरत कर्मचारीहरुलाई पोषाको सुविधा उपलब्ध गराईएको छ । ४) कार्यालय सञ्चालनका लागि बैठक चिया चमेना व्यवस्थापन, अतिथी सत्कार, दैनिक भ्रमण, खानेपानी महशुल, विद्युत महशुल, टेलिफोन महशुल, पत्रपत्रिका नियमित गरिएको छ । ५) समुहको आ.व. ०८०/०८१ को आन्तरिक लेखा परिक्षण सम्पन्न भई अन्तिम लेखा परिक्षणका लागि लेखा परिक्षक नियुक्तिका लागि सूचना प्रकाशन गरि प्राप्त निवेदन मध्ये गैडाकोट नगरपालिका वडा नं. १ स्थित जे उण्ड शर्मा कम्पनीलाई अन्तिम लेखा परिक्षण प्रतिवेदन तयार गर्न नियुक्ति गरिएको छ ।

(४) आयआर्जन, सिपविकास, गरिबी न्यूनिकरण कार्यक्रमः–

(क) आयआर्जन एवं महिला शसक्तिकरण कार्यक्रमः–

१) यस समुहका महिला उपभोक्ता सदस्यहरुको जिविकोपार्जनका लागि महिला शसक्तिकरण कार्यक्रम अन्तर्गत १ महिना प्रशिक्षक नियुक्त गरी वाद्यवादन प्रशिक्षण कार्यक्रम सञ्चालन गरी वाद्यवादन सामाग्री समेत हस्तान्तरण गर्ने कार्य सम्पन्न गरिएको छ । २) यस समुहका उपभोक्ता सदस्यहरुलाई मौषमि तरकारी खेतीका लागि बिउ विजन वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।

(ख) सिपविकास एवं क्षमता विकासः–

१) जेष्ठ उपभोक्ताहरुलाई विभिन्न धार्मिक भ्रमणका लागि रकम सहयोगका साथै जेष्ठ नागरिकलाई बेन्च वितरण गर्ने कार्यक्रम सम्पन्न गरिएको छ ।

(ग) गरिबी न्यूनिकरणः–

१) यस समुहका गरिब विपन्न १७ घरमुली उपभोक्ताहरुलाई गरिब विपन्न कार्यक्रम अन्तर्गत सुरक्षित बसोबासका लागि खाटखद्यान्नसामग्री हस्तान्तरण गर्ने कार्य सम्पन्न गरिएको छ । २) समुहका गरिब विपन्न उपभोक्ताहरुको दीर्घ रोगको उपचारका लागि उपचार खर्च उपलब्ध गराइएको छ ।

५. कोष सञ्चालनः–

१) यस समुहको कोष अध्यक्ष श्री हरिप्रसाद सापकोटा, सचिव श्री ईन्दिरादेवि शर्मा र कोषाध्याक्ष श्री धना पौडेलज्यूको संयुक्त हस्ताक्षरबाट बाणिज्य बैक, नारायणगढ, कुमारी बैक, गैडाकोट, विकु बचत तथा ऋण सहकारी संंस्था लिमिटेड, गण्डकी वचत तथा ऋण सहकारी संस्था लिमिटेड, सिद्धार्थ बैक गैडाकोट, खाता संञ्चालन गरी कोष कारोबार सञ्चालन गदै आइरहेको व्यहोरा अवगत गराउँदछौ ।
Scroll to Top