आ.व. ०८२/०८३ का लागि प्रस्तावित निति तथा कार्यक्रम

(१) वनसंरक्षण, सम्बर्धन तथा विकास कार्यक्रम ः—

(क) वन संरक्षण कार्यः–

१) यस समुहको आ.व. ०८१/०८२ मा वन व्यवस्थानपन कार्ययोजनाको अवधि समाप्त भएकोले र हाल गण्डकी प्रदेशको वन सम्बर्धन प्रणालिमा आधारित दिगो वन व्यवस्थापन कार्ययोजनालाई छनौट प्रणालीलाई अबिलम्बन गरी दिगो वन व्यवस्थापन कार्ययोजना तयारी गरिनेछ ।

२) यस समुहको वनक्षेत्रमा डढेलो नियन्त्रणका लागि कार्यसमिति, उपसमिति, टोलि संयोजक मार्फत सम्पुर्ण उपभोक्ता एवं आवश्यक भएमा म्यादी कामदार समेतलाई परिचालन गरि अग्निरेखा सरसफाई गरी डढेलो नित्रयन्त्रण गर्ने कार्य गरिनेछ । साथै समुहको वनक्षेत्रको आवश्यक स्थानमा अग्निरेखा निर्माण गरिनेछ ।

३) वनक्षेत्रमा हुनसक्ने वन पैदावर तथा जंङली जनावरको चोरीतस्करी नियन्त्रण गर्न वनहेरालुबाट हुने गस्ती वाहेक दैनिक तालिका बनाई कार्यसमिति, विभिन्न उपसमिति, टोलि संयोजक, उपभोक्ता परिचालन गरी अझ चुस्त पारिनेछ ।

४) वन क्षेत्रमा हुनसक्ने चोरी शिकारी, चोरी तस्करी नियन्त्रण गर्न सहयोग गर्ने उपभोक्ताहरुलाई गोपनियताका साथ विगो रकमको ५० प्रतिशतले हुन आउने रकम प्रोत्साहन पुरस्कार स्वरुप उपलब्ध गराईनेछ ।

५) वन संरक्षणमा खटिने कार्यसमिति, उपसमितिलाई समुहको कार्यसमितिको निर्णय र प्रचलित ऐन नियम बमोजिम पारिश्रमिकको व्यवस्था गरिनेछ ।

६) उपभोक्ताहरुलाई वनक्षेत्रभित्र चौपाया चरिचरण न्यनिकरणका लागि निरुस्हाति गरिनेछ । समुहको विधान कार्ययोजना विपरित कार्य गर्ने उपाभोक्तालाई ऐन, नियम बमोजिम दण्ड जरिवाना लगाईनेछ ।

७) वनसंरक्षण कार्यमा वनक्षेत्रमा जादा चोटपटक लागेमा औषधी उपचार खर्च अवस्था हेरि गरिनेछ ।

(२) वन सम्बर्धन कार्यः–

१) यस समुहको वनव्यवस्थापन कार्ययोजनाको आ.व. ०८२/०८३ को वार्षिक कार्यक्रम अनुसार वनक्षेत्रभित्रकोे आवश्यक स्थानमा प्राकृतिक रुपमा उम्रेका अनावश्यक झाडी, लहरा सरसफाई कागती तथा जडिबुटि गोडमेल, मलजलका साथै डिभिजन वन कार्यालय, सबडिभिजन वन कार्यालयको सहयोगमा कार्ययोजना निर्माण गरी वनक्षेत्रको कार्ययोजनामा उल्लेख भएको वन क्षेत्रमा थिनिङ कार्य गरिनेछ ।

२) वन वातावरण, वनदिवश तथा जैविक विविधता, लैङ्गिक हिंसा बिरुद्ध अभियान, वन डढेलो सप्ताह लगायत वन सम्बन्धिअभिमुखिकरण कार्यक्रम सञ्चालन गरिनेछ ।

३) वन व्यवस्थापन कार्यमाश्रम उपलब्ध गराउनु हुने डिभिजन वन कार्यालय, सव डिभिजन वन कार्यालयका वन अधिकृत, वनविज्ञ तथा प्राविधिक, कार्यसमित, उपसमिति, उपभोक्ता सदस्यहरुलाई नियमानुसार पारिश्रमिकको व्यवस्था गरिनेछ ।

४) उपभोक्ताहरुको जनचेतना अभिबृद्धिका लागि समुहका विभिन्न क्रियाकलापहरुको बारेमा विभिन्न सञ्चार माध्यम, समुहको सामाजिक सञ्जाल, विभिन्न पत्रपत्रिकामार्फत कार्यक्रम सञ्चालन तथा सूचना प्रवाह गरिनेछ ।

(३) वन विकास कार्यः–

१) यस समुहको वनक्षेत्रको आवश्यक स्थानमा जडिबुटिजन्य, फलफुलजन्य, बासजन्य विरुवा तथा सौन्दर्यीकरण विरुवा बृक्षारोपण गरि कार्यक्रम सञ्चालन गरिनेछ ।

२) यस समुहको वनक्षेत्रको साविक खण्ड नं. २ स्थित निर्माणाधिन अवस्थामा रहेको मौलाकाली चुवारखोला तालमा आवश्यक निर्माण कार्य सुचारु गरिनेछ ।

३) यस समुहको वनक्षेत्रभित्र रहेका खोल्सिहरुलाई व्यवस्थापन गरिनेछ ।

४) आन्तरिक पर्यटन प्रवर्धनका लागि यस समुहको वनक्षेत्रभित्र उपर्युक्त स्थानको पहिचान गरि सम्बन्धित निकायसग जिपलाईनको कार्यलाई आबश्यक पहल गरिनेछ ।

५) यस समुह क्षेत्रमा रहेको शान्ति वन वाटिका पदानक्षेत्रलाई व्यवस्थित गदै लगिनेछ ।

६) यस समुहको वनक्षेत्रभित्र आवश्यक स्थानमा भु– क्षय नियन्त्रणका आवश्यक कार्य गरिनेछ ।

७) समुहको वनक्षेत्र र आवदीको तारबारक्षेत्र अनुगमन गरी आवश्यक क्षेत्रमा तारजाली मर्मत सम्भार, पङ्की प्रवेशद्वार निर्माण लगायतका कार्य गरिनेछ ।

(२) प्रशासनिक तथा कार्यालय सञ्चालन कार्यक्रमः–

१) समुहमा कार्यरत कर्मचारीहरुलाई आवश्यक अनुसार कर्मचारी प्रशासन निवमावली बमोजिम अस्थायी, स्थायी नियुक्ति तथा पदोन्नती प्रदान गरिनेछ ।

२) समुहमा कार्यरतस्थायी तथा अस्थायी कर्मचारीहरुलाई पोशाकको व्यवस्था गरिनेछ ।

३) समुहको वार्षिक लेखा परिक्षण मान्यता प्राप्त लेखा परिक्षक नियुक्ति गरी निजको पारिश्रमिक नियमानुसार उपलब्ध गराईनेछ ।

४) समुहमा कार्यरत कर्मचारीहरुको कार्य प्रगतिको आधारमा सेवा स्तर, तह बृद्धि र सोही बमोजिम तलब स्केल कार्यसमितिको निर्णय बमोजिम नियमानुसार बृद्धि गरिनेछ ।

(३) संस्थागत तथा सामुदायिकविकास कार्यक्रमः—

(क) संस्थागत विकास कार्यः–

१) वनको संरक्षण र सम्वर्धनमा महत्वपुर्ण योगदान दिएवापत कर्मचारी, उपभोक्ता, तथा कार्यसमितिलाई पुरस्कारको व्यवस्था गरिनेछ ।

२) समुहमा रहेको सवारी साधनलाई आवश्यक पर्ने ईन्धन, मर्मत एवं वार्षिक नविकरण समयमा नै गराईनेछ ।

३) काठ दाउरा संकलन कार्यलाई समुहको दिगो वन व्यवस्थापन कार्ययोजना मुताविक डिभिजन वन कार्यालय, नवलपुरको निर्देशन अनुसार गरिनेछ । वनपैदावर माग निवेदन कार्यसमितिको निर्णय अनुसार विभिन्न सञ्चार माध्यम लगायत टोल टोलमा सुचना टास गरि खुल्ला गरिनेछ ।

४) समुहको कार्यालय भवनमा निर्माणाधिन अवस्थामा रहेको हलको आवश्यकता अनुसारको निर्माण कार्य सम्पन्न गरिनेछ ।

५) वनलाई दिगो रुपले व्यवस्थापन तथा कार्यक्षमता अभिबृद्धि गर्ने उद्देश्यले अध्ययन अवलोकन भ्रमणको आयोजना गरिनेछ ।

६) सामुदायिक वन सञ्चालनका लागि भविष्यमा आइपर्ने सक्ने आर्थिक अभाव न्युनिकरणका लागि आर्थिक अभाव न्युनिकरण कोष खडा गरिनेछ ।

७) समुहको विधान–२०७३ लाई हाल प्रचलित वनऐन तथा नियमावलीसग नबाझिने गरी पुर्नलेखन गरी अनुमोदनका लागि साधारण सभामा प्रस्तुत गरिनेछ ।

८) समुहको पार्किङ क्षेत्रको आम्दानीको श्रोतलाई दिगो व्यवस्थापनका लागि मौलाकाली केबलकार प्रा.लि., मौलाकालीका समाज केन्द्रस“ग भएको सम्झौता नविकरण गरिनेछ साथै समुहको ताल निर्माण, अग्निपथ निर्माण लगायतका कार्यहरुमा आवश्यक सहयोग तथा पहलका लागि अनुरोध गरिनेछ ।

९) यस समुहमा कार्यक्षेत्रभित्र रहेको मौलाकाली केबलकार जाने बाटो सुधार कार्य गरि समुहमा रहेको पार्किङ तथा ध्वजामाला पसलको आयस्तरमा बृद्धि गर्न पहल गरिनेछ ।

१०) समुहको नियमित बैठक वापत लिईदै आएको बैठक भक्ता यस आ.व. बाट कटौती गरी सो वापत हुने खर्चको रकम सामुदायिक विकास कार्यका लागि प्रथामिकता दिईनेछ ।

(ख) सामुयिक विकास कार्यः–

१) सामुदायिक वनको कार्यक्षेत्रमा रहेका शार्वजनिक विद्यालयहरुको आर्थिक अवस्था, भौतिक संरचना निर्माण, प्रभावित उपभोक्ता सदस्यको परिवार भित्रका विद्यार्थी संख्याको अध्ययन गरी विद्यालय व्यवस्थापनका लागि गरिने कार्यक्रमका लागि सहयोग रकम उपलब्ध गराईनेछ ।

२) यस समुहका उपभोक्ता सदस्य वा एकाघर परिवारका सदस्य मृत्यु भएको खण्डमा दाहसंस्कारको लागि आवश्यक पर्ने दाउरा निशुल्क रुपमा उपलब्ध दिईनेछ । समुहमा दर्ता कायम रहेका उपभोक्ताको हकमा मृत्यू भएको १३ औं दिनभित्र दाहसंस्कार खर्च स्वरुप दिईने रकम यथावत गरिनेछ । गरिब विपन्न उपभोक्ताहरुको हकमा समुहको कार्यसमितिको निर्णय बमोजिम राहत रकम थप गरि उपलब्ध गराउन गराईनेछ साथै विशेष कारणवश १३ औं दिनभित्र उपस्थित हुन नसकेको अवश्थामा मृतक उपभोक्ता सदस्यको आवश्यक कागजात संकलन गरी विशेष कार्यक्रम मार्फत उक्त राहत रकम उपलब्ध गराईने छ ।

३) समहुको कार्यक्षेत्र सञ्चालन हुनेगरेका विभिन्न खेलहरुका लागि प्रभावित उपभोक्ता सदस्यहरुको अध्ययन गरी खेलकुद कार्यक्रम सहयोग गरिनेछ ।

४) यस समुहका कृषक उपभोक्ता सदस्यहरुका लागि कृषि सिंचाईका लागि आवश्यक पर्ने विभिन्न कृषिं सिंचाई सामाग्री समुहको कार्यसमितिको अनुगमन तथा मुल्याङ्कन प्रतिवेदनका आधारमा कृषि सामाग्री उपलब्ध गरिनेछ ।

५) गैडाकोट नगरपालिका स्थित रहेका संघसंस्था, कलेज, धार्मिक संघसंस्था, विद्यालय, खानेपानीहरुको विकास निर्माणका कार्यहरुमा समन्वय गरी कार्य गरिनेछ ।

६) यस समहुका उपभोक्ता सदस्य परिवार भित्रका बालवालिकाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले बालमैन्त्री कार्यक्रम अन्तर्गत बाल मैत्रि कार्यक्रम सहयोग उपलब्ध गराईनेछ ।

७) यस समुहको कार्यक्षेत्रको पुलचोक (नारायणी पुल) देखि मौलाकालीका मन्दिरको सिंढिमार्गको फेदिसम्म हरित मार्गका निर्माणका लागिसौन्दर्यजन्य फुलका विरुवा बृक्षारोपण गरी व्यवस्थापन गरिनेछ ।

८) यस समुहको कार्यक्षेत्र भित्र रहेको गैडाकोट नगरपालिका वडा नं. १, मिलनचोकको प्रशिद्ध वनपिपल चौपारीमा वर्षातको समयमा पनि उपभोक्ता सदस्यहरुको भलाकुसारी गर्न सकिने गरी टिनाको छाना लगाई व्यवस्थित गरिनेछ ।

९) समुहको कार्यालयमा समुहको वनक्षेत्रबाट संकलन गरिएको काठ, दाउराको सुरक्षित घाटगद्धिका लागि आवश्यक टहराहरुको निर्माण गरिनेछ ।

१०) समुहभित्र रहेका युवा उपभोक्ता सदस्यहरुका लागि पदम विकास कार्यक्रम सञ्चालन गरिनेछ ।

११) समुहको कार्यक्षत्रको भृकुटिचोकमा यस आ.व.मा शार्वजनिक शौचालय निर्माण गरिनेछ ।

(४) सिप विकास, गरिबी न्युनिकरण तथा आयमुलक कार्यक्रमहरुः—

(क) सिप विकासः–

१) समुहको कार्यक्षेत्रमा रहेका गरिब विपन्न उपभोक्ताहरुलार्ई आयआर्जन बृद्धिका लागि विभिन्न आयमुलक तालिम सञ्चालन गरिनेछ ।

२) यस समुहमा रहेका जेष्ठ, गरिब, विपन्न उपभोक्ताहरुको सिपविकास, क्षमता अभिबृद्धिका लागि अवलोकन भ्रमण गराईनेछ ।

(ख) महिला शसक्तिकरण कार्यः–

१) यस समुहमा रहेका महिला उपभोक्ता सदस्यहरुलाई काष्ठकला, सिलाईकटाई, हस्तकला लगायत तालिमको व्यवस्था गरिनेछ ।

२) यस समुहमा रहेका विपन्न तथा गरिब महिला उपभोक्ताहरुलाई वाद्यवादनको तालिम उपलब्ध गराईनेछ ।

(ग) आयआर्जन कार्यः–

१) यस समुहको कार्यक्षेत्रभित्र रहेका उपभोक्ता समुहहरुलाई फुलखेतीका लागि आवश्यक पर्ने फुल, औजार, अर्गानिक मल, किटनाशक औषधि लगायत आवश्यक पर्ने सामाग्री वितरण गरिनेछ ।

२) समुहमा रहेका उपभोक्ताहरुलाई मौषम अनुसारका नगदे वाली, कौशी करेशावारीका लागि आवश्यक पर्ने बिउ विजन (बउपल) वितरण गरिनेछ ।

३) यस समुहको कार्यक्षेत्र गैडाकोट नगरपालिका वडा नं. १ र २ का टोल विकास संस्थाहरुले स्थापना कालदेखि आफ्नो टोलमा गरेका नविनतम् कार्य प्रगति, उपभोक्ता सदस्यहरुको घरधुरी संख्या, कार्यक्रमको प्रत्यक्ष लाभको सम्भाव्यताको अध्ययन गरी मुल्याङ्कनको आधारमा वडा नं. १ र २ का टोल विकास संस्थालाई कार्यक्रम सहयोग रकम प्रदान गरिनेछ ।

४) यस समुहको वनक्षेत्र भित्र रहेका अनावश्यक पात पतिङ्गरहरुलाई संकलन गरी जैविक मलउत्पादन वन पदमशिल कार्यक्रम सञ्चालन गरिनेछ ।

(घ) गरिबी न्यूनिकरण कार्यक्रमः–

१) यस समुहमा आवद्ध गरिव तथा विपन्न पशुपालक उपभोक्ताहरुका लागि पशुपालन प्रोत्साहन स्वरुप घरगोठ व्यवस्थापन, पशु आहर व्यहार, पशुस्वाथ्य औषधि तथा पोषण लगायतका आवश्यक पर्ने सामाग्री समुहका कार्यसमितिको अनुगमन तथा मुल्याङ्कन पश्चात पशुपालन अनुदान रकम उपलब्ध गराईनेछ ।

२) यस समुहको भौगोलिक क्षेत्रभित्र रहेका विपन्न तथा फरक क्षमता भएका उपभोक्ताहरुका लागि आवश्यक पर्ने सहयोग अनुगमन गरि आवश्यकता अनुसारको सहयोग उपलब्ध गराईनेछ ।

३) गरिब तथा विपन्न उपभोक्ताहरुलाई वनपैदावर समुहको कार्ययोजनामा उल्लेख भए बमोजिमको सहुलियत दरमा वा निशुल्क वनपैदावर उपलब्ध गराईनेछ ।

४) गरिब, विपन्न, दलित, आदिबासी जनजाती उपभोक्ताहरुलाई जेहेन्दार विद्यार्थीहरुलाई निजको शैक्षिक प्रमाणपत्रको आधारमा छात्रबृतिको व्यवस्था गरिनेछ ।

(५) शुल्क विविथ तथा वन पैदावर मुल्यसूचिः–

१. शुल्क विविध तथा वनपैदावरहरुका शुल्कहरुलाई यथावत गरिएको छ भने वनपैदावरको हकमा संकलन खर्च अनुरुप थप शुल्क लाग्न सक्नेछ । जसको विवरण निम्नानुसार रहेको छ ।

सि.नविवरणशुल्क (रकम) रु
 शुल्क विविध 
१सदस्यता शुल्क (नयाँ)१०,००० 
२सदस्यता शुल्क (एकाघर छुट्टभिन्न)१,५०० 
३सदस्यता शुल्क (स्थानान्तरण)२,५०० 
४सदस्यता नामसारी शुल्क५०० 
५सदस्यता नविकरण शुल्क५०  आ.ब.
६सदस्यता कार्ड शुल्क२५ 
७प्रवेश शुल्क (सवारी साधनः– अटो, जिप, कार)३० 
८प्रवेश शुल्क (सवारी साधनः– मोटरसाईकल)२० 

वन पैदावर शुल्कः–

सि.नगोलियाः–स्तरक वर्गख वर्गग वर्गघ वर्गबा¥य विक्रीदैवि प्रकोप
१सालA१,५०० १,३०० १,१०० ९०० प्रचलित ऐन तथा नियमावली बमोजिमसमितिको निर्णय बमोजिम
२सालB१,३०० १,१०० ९०० ७००   
३सालC१,००० ७०० ५०० ३००   
४अन्य गोलियाA८०० ७०० ६०० ४००   
५सादन गोलिया १,००० ८०० ७०० ५००   

चिरानः–

सि.नचिरानः–स्तरक वर्गख वर्गग वर्ग३ वर्ग
१सालA१,८०० १,७०० १,६०० १,३०० 
२सालकमसल१,३०० १,२०० १,१०० ९०० 
३अन्य चिरानA१,००० ९०० ८०० ६०० 
४अन्य चिरानकमसल८०० ७०० ५०० ४०० 

दाउराः–

सि.नदाउराः–स्तरक वर्गख वर्गग वर्गघ वर्ग
१जर्ना दाउराके.जी२० १५ १० ५ 
२वाकल दाउराके.जी२० १५ १० ५ 
३दाउराचट्टा३२,००० २९,५०० २६,०००   २३,५०० 
४बल्लावल्लीफिट३० २५ १५ १० 
५बाँस लिङ्गागोटा२५ १५ १० ५ 
६बास ठुलोगोटा१५० १२५ ७५ ५० 
Scroll to Top