सयपत्री फूलको बिरुवा वितरण कार्यक्रम सम्पन्न

मौलाकाली सामुदायिक वन उपभोक्ता समूह, गैँडाकोट–१ र २, नवलपुरको आव २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार मिति २०८३ भाद्र ५ गते फूल खेतीमा सक्रिय कृषक समूह तथा उपभोक्ताहरूका लागि सयपत्री फूलको बिरुवा वितरण कार्यक्रम सम्पन्न भएको छ।

उपभोक्ताहरूको आयआर्जनमा सहयोग पुर्‍याउने, फूल खेतीलाई व्यावसायिक रूपमा प्रवर्द्धन गर्ने तथा स्थानीयस्तरमा स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममार्फत फूल खेतीमा संलग्न कृषक तथा उपभोक्ताहरूलाई सयपत्री फूलका बिरुवा वितरण गरिएको थियो।

सामुदायिक वनले वन संरक्षण र व्यवस्थापनसँगै उपभोक्ताहरूको आर्थिक सशक्तीकरण तथा आयआर्जनमा टेवा पुग्ने विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। सयपत्री फूल खेतीबाट उपभोक्ताहरूको आम्दानी वृद्धि हुनुका साथै स्थानीय बजारमा फूलको माग पूर्ति गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Scroll to Top